नियम २९
अन्तिम नतिजाको लागि योग्यताक्रमको सूची प्रकाशन
(१) आयोगबाट लिइएको परीक्षामा उम्मेदवारले प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रमको सूची तयार गरी ऐनको दफा २५ बमोजिम अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम योग्यताक्रमको सूची तयार गर्दा उम्मेदवारहरूको कुल प्राप्ताङ्क बराबर भएमा देहायका आधारमा योग्यताक्रम कायम गर्नु पर्नेछ ः-
(क) लिखित परीक्षाको प्राप्ताङ्कका आधारमा,
(ख) खण्ड (क) बमोजिम उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा अतिरिक्त शैक्षिक योग्यता भए सो योग्यतामा प्राप्त अंकको प्रतिशतका आधारमा,
(ग) खण्ड (ख) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशतको आधारमा ।